गृहपृष्ठ एसपीपी सम्झौताबाट देउवा पछि हटे, यसपालीको अमेरिका भ्रमणमा हस्ताक्षर नहुने

एसपीपी सम्झौताबाट देउवा पछि हटे, यसपालीको अमेरिका भ्रमणमा हस्ताक्षर नहुने

एसपीपी सम्झौताबाट देउवा पछि हटे, यसपालीको अमेरिका भ्रमणमा हस्ताक्षर नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बाट पछि हटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् ।

देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो । एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि वामपन्थी दलहरुले त्यसको बिरोध गरेका छन् ।

चौतर्फी रुपले विरोध भएपछि प्रधानमन्त्री देउवा केही समयलाई पछि हटेको बताइएको छ । यही असार दोस्रो साता प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने तयारी छ ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु