काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटायो

7.18K
shares

अन्तर्राष्ट्रि क्रिकेट परिषद् आइसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आइसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले जेठ ३० गते पत्रमार्फत् कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ ।