गृहपृष्ठ रियलमीले सबैभन्दा रोमाञ्चक दुई स्मार्टफोन नेपाल ल्याउँदै, के-के छन् विशेषता ?

रियलमीले सबैभन्दा रोमाञ्चक दुई स्मार्टफोन नेपाल ल्याउँदै, के-के छन् विशेषता ?

रियलमीले सबैभन्दा रोमाञ्चक दुई स्मार्टफोन नेपाल ल्याउँदै, के-के छन् विशेषता ?

विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सबैभन्दा रोमाञ्चक दुई स्मार्टफोनहरु सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो पनि ल्याउन लागेको छ । जुन आउँदो शुक्रबार सार्वजनिक हुनेछ ।

रियलमीले गत वर्ष सार्वजनिक भएको ‘रियलमी जिटी नियो २ प्रो’ को सफलतापछि ‘रियलमी जिटी ३ प्रो’ सार्वजनिक गर्न लागेको हो । जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०-५०% चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे पनि आफ्नो नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक हुनेछ ।

रियलमी जिटो नियो ३

आधुनिक जीवनको साथमा हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्चस्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ । यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

अल्ट्रा-डार्ट १५० वाट फास्ट चार्जिङ (५ मिनेटमा ०-५०%)

यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच् ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरैतहहरु ब्याकअप गरिएको छ र टीयूभी राईनल्याण्ड सेफ फास्ट चार्जिङ द्वारा प्रमाणित छ । रियलमीले १६०० चार्ज साइकल पछि ब्याट्रीले आफ्नो मूल क्षमताको ८०% राख्ने दाबी गरेको छ । धेरै जसो प्रतिस्पर्धाले ८०० चार्ज चक्र पछि ८०% ब्याट्री क्षमताको दाबी गर्दछ यसले सुस्त चार्जिङ गति प्रदान गर्दछ ।

रियलमी जिटो नियो २, ६ महिना पहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जिटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जिटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफ एच डी अमोल्ड डिस्प्ले हो ।

आई-पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाईमन्सिटी ८१०० ५जी SoC १२ जिबी र्‍याम २५६ जिबी स्टोरेजको साथ जोडिनेछ । रियलमी जिटी नियो ३ ले IOS सँग ५० एमपी सोनी IMX766 प्राईमरी सेन्सर, ८ एमपी अल्ट्रा-वाइड लेन्स र पछाडी २ एमपी म्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।

रियलमी जिटी २ प्रो

सधैँझैँ, रियलमीको अथक प्राविधिक र डिजाईनहरु छिटो वृद्विको आधारशिला भएका छन् । रियलमी जिटी २ प्रोमा, रियलमीले विश्वको पहिलो तीन परिचय दिएको छ । बायो-पोलिमर सामग्रीबाट बनेको ब्याक कभर, १५० डिग्री अल्ट्रा-वाईड क्यामेरा, रियलमीको ईनोभेसन फवार्ड कम्युनिकेसन’ रहेका छन् । प्रिमियम अनुभूति दिनको लागि, रियलमी जिटी २ सिरीज ‘नाओतो फुकासावासँग’ डिजाइन गरिएको हो जसले विशिष्ट पेपर टेक मास्टर डिजाईन र बायो-पोलिमर सामग्रीको साथ युवाहरुलाई आकर्षित गर्दछ ।

नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्दै, रियलमीले फोनहरुलाई अब सञ्चार उपकरण मात्र नभएर तिनीहरुले दिगोपनप्रति जेन जेडको मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ । यसबाहेक, अहिलेसम्मकै सबैभन्दा प्रिमियम फ्लागशिपको रुपमा, रियलमी जिटी २ प्रो स्नापड्रागन ८ जेन १ सँग आउनेछ र यसले नेपाली प्रयोगकर्ताहरुलाई नयाँ हाई-ईन्ड अनुभव प्रदान गर्ने आशामा थप रोमाञ्चक विशेषताहरु ल्याउनेछ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु