गृहपृष्ठ नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो
नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यस वर्ष खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।
कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको टेलिकमले जनाएको छ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यस आधारमा कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको हो।
नेपाल टेलिकमको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा करअघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यस वर्ष करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको EBITDA २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यसअनुसार EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको हो।
ब्याज आय घट्यो, GSM राजस्व बढ्यो
कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण समीक्षा अवधिमा ब्याज आय ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
तर GSM सेवातर्फको राजस्व भने बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा यस वर्ष GSM सेवाबाट प्राप्त राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले मुलुकको सञ्चार सेवाको जिम्मेवारीअनुसार बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।
कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (EPS) ४९ रुपैयाँ २५ पैसा रहेको छ।
प्रकाशित समय : ०८:२२ बजे

















