काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश १ सरकारले आज बजेट ल्याउँदै, आकार ३९ अर्ब आसपास

12.6K
shares

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो निकट स्रोतको भनाइ छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित गरी सरकारले प्रचारात्मक बजेट ल्याउन लागेको हो । आर्थिक ममिला मन्त्रालय स्रोतका अनुसार यो पटक प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा पनि बजेट विनियोजनको सम्भावना छ ।

आङ्बोले यसअघि सो कार्यक्रम कटौती गरेका थिए । तर निर्वाचन लक्षित बजेट भएका कारण पुनः सो शीर्षकमा बजेट विनियोजन गर्न लागिएको स्रोतको भनाइ छ । यसअघि सुरु भएका वहुवर्षीय योजनाहरुलाई धेरै बजेट विनियोजन हुनेछ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मृख्यमन्त्री राजेन्द्र राईले बहुवर्षीय योजनालाई बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।