global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेमीको घरमा पुगेर वितण्डा मच्चाउने राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निवास पठाइयो

प्रेमीको घरमा पुगेर वितण्डा मच्चाउने राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निवास पठाइयो

प्रेमीको घरमा पुगेर वितण्डा मच्चाउने राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निवास पठाइयो

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली खत्रीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार प्रेमी एकराज बस्नेतको घरमा घुसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेकी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

झण्डावाल गाडी र सुरक्षागार्डसहित त्यहाँ पुगेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । तर संसद चलिरहेको अवस्थामा बहालवाला मन्त्रीलाई नियन्त्रणमा लिने वा थुनामा राख्न नसकिने भन्दै प्रहरीले बुटवल पठाएको हो । उनलाई मुख्यमन्त्री निवासमा राखिएकाे छ ।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । ‘उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्‍याएर छोडेका छौं ।’ काफ्लेले भने ।

पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । तर प्रहरीले उनको जाहेरी लिएको छैन । राज्यमन्त्रीको ब्यवहारबाट आक्रोशित स्थानीय इप्रका तुल्सीपुरमै पुगेर राज्यमन्त्रीविरूद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे थिए ।

घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले आफैं खबर सार्वजनिक हुनासाथ तुलसीपुर पुगिसकेका थिए । तनावपूर्ण वातावरण मत्थर पार्ने प्रयास सफल नहुने देखेपछि मध्यान्ह १२ बजेतिर प्रहरीले कडा सुरक्षा बिच राज्यमन्त्री वलीलाई घोराही लगेको थियो ।

प्रहरी अधिकारीका अनुसार राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा आफ्नो पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएकी छन् ।

अब उनलाई कारबाही गर्नका लागि प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्ता लगाएतका प्रक्रिया अगाडि बढ्ने प्रहरीको भनाइ छ । राज्यमन्त्रीको हर्कत सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। नेकपा एमालेले उनलाई राज्यमन्त्रीबाट बर्खास्त गर्न माग गरिसकेको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु