काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

966
shares

ai logo सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् ।
  • अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए ।

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् ।

अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन् । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए ।

अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एकदिने अभियानका रूपमा मात्र नलिई जीवनभर आत्मसात् गर्नुपर्ने सामाजिक तथा मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गरे ।

मानवीय सेवाको भावना आत्मसात् गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

रक्तदान कार्यक्रममा राप्रपाका सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका कार्यकर्ता सहभागी भई रक्तदान गरेका थिए ।