गृहपृष्ठ पूर्ण अशक्तता सुविधाअन्तर्गत रिलायबल नेपाल लाइफले ५० लाख रुपैयाँ दाबी भुक्तानी
पूर्ण अशक्तता सुविधाअन्तर्गत रिलायबल नेपाल लाइफले ५० लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।
कम्पनीका अनुसार काठमाडौं शाखामार्फत बीमा गरेका बीमित हरि प्रसाद काफ्लेले वि.सं. २०७६ मा ‘रिलायबल सुलभ जीवन बीमा योजना’ अन्तर्गत २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्क भएको जीवन बीमा गरेका थिए। सोही योजनासँगै उनले पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।
कम्पनीका अनुसार केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो। कम्पनीले उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि उक्त सुविधाअन्तर्गत ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।
दाबी भुक्तानीसँगै काफ्लेले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा पनि प्राप्त गरेका छन्।
रिलायबल नेपाल लाइफले दाबी भुक्तानी प्रक्रिया छिटो, पारदर्शी र विश्वासयोग्य बनाउँदै बीमितप्रतिको दायित्व पूरा गर्दै आएको जनाएको छ। कठिन परिस्थितिमा ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ।
प्रकाशित समय : १६:३४ बजे



















