काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ह्वात्तै बढ्यो सुनकाे मूल्य

7.64K
shares

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएकाे छ । शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।