nmb bank

गृहपृष्ठ आज संयमित देखिए काठमाडौंका भाइरल वडाध्यक्ष, भने- अब काठमाडौं त बनिसक्यो

आज संयमित देखिए काठमाडौंका भाइरल वडाध्यक्ष, भने- अब काठमाडौं त बनिसक्यो

आज संयमित देखिए काठमाडौंका भाइरल वडाध्यक्ष, भने- अब काठमाडौं त बनिसक्यो

काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठक आइतबार बिहानै बस्यो । पहिलो जस्तै बैठक पुरै लाइभ गरिएको थियो । पहिलो बैठकमा स्वतन्त्र मेयर बालेन शाहमाथि धेरै वडाध्यक्षहरु आक्रामक रुपमा उत्रिएका थिए ।

त्यसमध्ये वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले त मेयर शाहलाई बैठक सञ्चालनको प्रक्रिया सिकेर आउन सुझाव दिए । बैठक लाइभ भएकाले रिजालको शैलीप्रति धेरैले प्रश्न उठाए र आलोचनासमेत गरे । तर उनै रिजाल आइतबारको बैठकमा भने आफूलाई निकै संयमित राख्ने प्रयासमा थिए ।

बैठकको अन्तिमतिर बोलेका रिजालले बालेन शाहको तारिफमा अधिकांश समय खर्चिए । मेयरको व्यस्ततामाथि ख्याल राखेर बोलिदिनसमेत अन्य वडाध्यक्षलाई आग्रह गरे । मेयरको सक्रियता देखेर आफू दंग परेको भन्दै उनले भने, 'यो काम गर्ने बेला हो । हामी त काम गर्न आएका हाैं । अब काम गरौं । काठमाडौं त बनिसक्यो ।’ शनिबार मात्रै मेयर शाह वडाध्यक्ष रिजालको घरमै पुगेर लञ्च गरेका थिए । मेयर शाहले रिजालले घरमै पुगेर के जादु चलाए ? जसले रिजाललाई निकै काबुमा राख्न सक्यो ।

समग्रमा महानगरका एजेन्डामाथि वडाध्यक्षहरु आइतबार निकै संयमित र भद्र देखिएका थिए । तथापि मेयरको अनुगमन र भ्रमणबारे आफूलाई पनि जानकारी हुनुपर्ने भन्दै कतिपय वडाध्यक्षले प्रश्न उठाए । उनीहरुले स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडाध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरे । मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो बढी आएको हो ।

वडाध्यक्षहरुको गुनासोपछि मेयर शाहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु