nmb bank

गृहपृष्ठ दुई करोडको अवैध सामान बरामद

दुई करोडको अवैध सामान बरामद

दुई करोडको अवैध सामान बरामद

पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका-१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज-८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु