nmb bank

गृहपृष्ठ थप १६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या बढ्याे

थप १६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या बढ्याे

थप १६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या बढ्याे

२ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कसैको मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै १०९ जना होम आइसोलेसनमा रहेका छन् । मंगलबारकाे तुलनामा संक्रिय संक्रमितकाे संख्या बढेकाे छ । मंगलबार याे संख्या १०७ थियाे । नेपालमा हालसम्म काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ रहेकाे छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु