nmb bank

गृहपृष्ठ प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् । 

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आज भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित समय : २३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु