गृहपृष्ठ माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी
माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक चलिरहेको छ । बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केहीबेर अघि सुरु भएको हो । बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पनि बैठकका एजेण्डाबारे अनभिज्ञता प्रकट गरे ।
तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले स्थानीय निर्वाचन, बजेटलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्नेछ ।
प्रकाशित समय : १६:२७ बजे



















