nmb bank

गृहपृष्ठ रोहिणी बस दुर्घटनाका ४ जना मृतकको सनाखत

रोहिणी बस दुर्घटनाका ४ जना मृतकको सनाखत

रोहिणी बस दुर्घटनाका ४ जना मृतकको सनाखत

रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल-११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् ।

यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका-४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा-परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो । दुर्घटनामा मृत्यु भएका अरु ५ जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु