global ime bank Long Banner Ad

गृहपृष्ठ प्रिन्सको वरीयता खस्कियो

प्रिन्सको वरीयता खस्कियो

प्रिन्सको वरीयता खस्कियो

ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालको जुनियर विश्व वरीयता खस्किएकाे छ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानबाट ७ स्थान तल झरेका छन् । अप्रिलको वरीयतामा प्रिन्स शीर्ष स्थानमा थिए ।

पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा सहभागिता नभएको कारण उनको वरीयता घटेको हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।

विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरी दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु