global ime bank Long Banner Ad

गृहपृष्ठ नीति तथा कार्यक्रम खोक्रो र उद्देश्यहीन : सांसद पाैडेल

नीति तथा कार्यक्रम खोक्रो र उद्देश्यहीन : सांसद पाैडेल

नीति तथा कार्यक्रम खोक्रो र उद्देश्यहीन : सांसद पाैडेल

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रम आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको आरोप लगाए ।

औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको उनले आक्षेपसमेत लगाए । सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति श्रृंखला समस्यामा परेको, संकटाेपन्न खाद्य संकटका बारेमा चासो नदिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताए ।

सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल लगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख गरे । उनले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको आरोप लगाए ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु