गृहपृष्ठ स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नक्सालको नारायण चौरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित भएको बताए । ‘नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ,’ उनले भने ।
बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ । शाखा उद्घाटन कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : २०:०४ बजे



















