global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीप्रति प्रचण्डको कटाक्ष- तपाईंहरुले मान्छेकाे टाउको काटेकाे होइन ? त्यो भन्नु जायज हुन्छ ? 

ओलीप्रति प्रचण्डको कटाक्ष- तपाईंहरुले मान्छेकाे टाउको काटेकाे होइन ? त्यो भन्नु जायज हुन्छ ? 

ओलीप्रति प्रचण्डको कटाक्ष- तपाईंहरुले मान्छेकाे टाउको काटेकाे होइन ? त्यो भन्नु जायज हुन्छ ? 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । उनले आफूहरु एउटा प्रक्रिया र प्रणालीमा केन्द्रित भएर अगाडि जान खोजिरहेको बताए ।

ओलीले पटक-पटक १२ बुँदे समझदारी र शान्ति प्रक्रियालाई अपमानित गर्ने गरेको चर्चा गर्दै आफूले त्यसलाई गम्भीर रुपमा लिएको प्रचण्डकाे भनाइ छ । 'मैले शान्ति सम्झौतालाई अपमानित गर्ने, यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई अपमानित गर्ने प्रवृत्तिका साथीहरुलाई तपाईंहरु टाउको काट्ने मान्छे होइन ? तपाईंहरु हत्याराको रुपमा जेल बसेको होइन ? यदि भनेँ भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ? मलाई लाग्छ, त्यो भन्नु विल्कुल जायज हुँदैन,' उनले भने ।

ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा बिहीबार माओवादी केन्द्र लडाइँ जित्न नसकेर अहिलेको व्यवस्थामा आएको भनेका थिए । शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले आफूहरु शान्ति सम्झौतामार्फत् अगाडि बढेको स्मरण गराए । 'हामी जुन सिस्टममा छौँ । त्यो शान्ति प्रक्रिया र संविधान सभामार्फत् छौँ । हामीले १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौतामा यही हलमा बसेर, त्यसलाई ऐतिहासिक सम्झौता भनेको होइन ?' प्रचण्डले भने ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु