गृहपृष्ठ ‘६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी
‘६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी
दबाब वा समयसीमाका आधारमा नीति परिवर्तन नगर्ने बताए ।
उनले तेहरान अहिले देशको आन्तरिक मामिला व्यवस्थापनमा केन्द्रित रहेको र इरानी सशस्त्र सेना सुरक्षा अवस्थाप्रति पूर्ण सतर्क रहेको बताउनुभयो । “हाम्रा सशस्त्र सेनाले हरेक गतिविधिलाई खुला आँखा र पूर्ण सतर्कताका साथ हेरिरहेका छन्”, उनले भने ।
छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्ध सुदृढ पार्नु विदेश मन्त्रालयको नियमित जिम्मेवारी भएको बाघाईले बताए । उनका अनुसार इरान क्षेत्रका सबै देश तथा सम्बन्धित पक्षसँग सम्पर्कमा रहँदै कूटनीतिक गतिविधि अघि बढाइरहेको छ ।
बाघाईको भनाइ इरानी संसद्का अध्यक्ष मोहम्मद गालिबफले इरान अमेरिका र इजरायलको नेतृत्वमा भएको भनिएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य तथा राजनीतिक रूपमा विजयी भएको दाबी गरेको एक दिनपछि आएको हो । सरकारी प्रसारक प्रेस टिभीका अनुसार गालिबफले इरान र अमेरिकाबीचको समझदारीलाई कूटनीतिक सफलताको आधारका रूपमा समेत प्रस्तुत गरेका थिए।
गालिबफले इरान ‘सैन्य र राजनीतिक दुवै रूपमा विजयी’ भएको दाबी गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको सैन्य पूर्वाधार ध्वस्त भएको दाबी गर्दै आएको छन् ।
प्रेस टिभीका अनुसार गालिबफले इरान–अमेरिका समझदारीलाई ‘गर्व र विजयको स्रोत’ भन्दै यसले कूटनीतिक मोर्चामा इरानको सफलतालाई थप बलियो बनाउन सहयोग गर्ने बताएको थिए ।
प्रकाशित समय : २०:५८ बजे

















