गृहपृष्ठ हमास नेतृत्वसँगको भेटपछि कुश्नरको नेतन्याहुसँग भेट

हमास नेतृत्वसँगको भेटपछि कुश्नरको नेतन्याहुसँग भेट

हमास नेतृत्वसँगको भेटपछि कुश्नरको नेतन्याहुसँग भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जरेड कुश्नरले हमासका नेताहरूसँग छलफल गरेपछि सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरेका छन् । उनले इजरायलले अहिलेसम्म अस्वीकार गरेको गाजा शान्ति योजना पुनर्जीवित गर्ने प्रयासमा मध्यपूर्वको भ्रमण गरेका हुन् ।

यो भेट ट्रम्पको गाजा योजनाको पछिल्लो चरणलाई प्यालेस्टिनी इस्लामी समूह हमासले समर्थन गरेको दुई हप्तापछि भएको हो। नेतन्याहुले प्रस्तावलाई समर्थन गर्न अस्वीकार गर्दै कुनै पनि सम्झौतामा समूह ‘वास्तविक रूपमा निरस्त्र’ हुनुपर्ने अडान लिएको छन् ।

एक कूटनीतिक अधिकारीले एएफपीसँग भने, “जेरुसेलममा भएको यो बैठक सोमबार बिहान ढिलो सुरु भएको थियो।

ट्रम्पका ज्वाइँ कुश्नरले आइतबार इजिप्टको भूमध्यसागरीय शहर एल–अलामिनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग भेट गरेका छन् यसबारे जानकार स्रोतहरूले एएफपीलाई बताए । यो संयुक्त राज्य अमेरिका र उसले आतङ्कवादी समूहको रूपमा वर्गीकरण गरेको सङ्गठनबीचको एकपटक अकल्पनीय वार्ताको पछिल्लो कडी हो ।

कुश्नरले सन् २०२३ अक्टोबर ७ को इजरायलविरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध सुरु गरेको हमास समूहलाई उसका हतियार त्यागेको प्रमाणित गर्न र प्यालेस्टिनी क्षेत्रको शासनमा कुनै भविष्यको भूमिका त्याग्न माग गरेको स्रोतहरूले बताए । यो नेतन्याहुका लागि मुख्य अवरोध हो।

नेतन्याहुले कुश्नरसँग बन्द कोठामा भेट गर्ने र भेटमा ट्रम्पको ‘शान्ति बोर्ड’ का गाजा क्षेत्रका उच्च प्रतिनिधि निकोले म्लादेनोभ पनि उपस्थित हुने बुझिएको छ।

कुश्नरको इजरायली नेतासँग लामो पारिवारिक सम्बन्ध छ।

इजरायली मिडियाले शान्ति समितिका वरिष्ठ अधिकारी पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि उपस्थित हुने रिपोर्ट गरेको छ ।

एक हमास अधिकारीले भने,“समूहले कुश्नरलाई गाजा योजनाप्रति प्रतिबद्ध रहेको र नेतन्याहुमाथि दबाब दिन चाहेको बताएको छ।”

हमास अधिकारीले एएफपीसँग भने, “हमासले अमेरिकी प्रशासनसँग नेतन्याहुको सरकारलाई रोडम्याप सम्झौता पालना र कार्यान्वयन गर्न दबाब दिन माग गरेको छ । हमास इजरायलको सम्झौताप्रतिको अडानबारे अमेरिकी प्रशासनको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको छ।”

ट्रम्प प्रशासन विनाशकारी द्वन्द्व अन्त्य गर्ने आशाले हमाससँग प्रत्यक्ष संलग्न हुन बढ्दो रूपमा सहज भएको छ । उसले अक्टोबरको युद्धविराम सम्झौता पनि वार्ता गरेको थियो जसले बाँकी इजरायली बन्धकहरूको रिहाइ गराएको थियो ।

–कडा सम्बोधन–

नेतन्याहु अक्टोबरमा चुनावको सामना गर्दै हुनुहुन्छ । इजरायली जसका सर्वेक्षणहरूले निर्वाचनमा कडा मुकाबला हुने देखाएका छन् । उनि ट्रम्पको समर्थनलाई आफ्नो अभियानमा जोड दिएको छन् तर अहिले ट्रम्पलाई चुनौती दिन बढ्दो रूपमा तयार देखिनेभएको छन् ।

प्रधानमन्त्रीले फेब्रुअरीको अन्त्यमा सुरु भएको अमेरिकी–इजरायली इरान युद्ध रोकेर तेहरानका धार्मिक नेताहरूसँग सम्झौता खोज्ने ट्रम्पको निर्णयप्रति पनि आफ्नो असन्तुष्टि स्पष्ट पारेका छन्।

सुरुमा गाजा योजनाको मन्द आलोचना गरेका नेतन्याहुले गत साता आफ्नो क्याबिनेटलाई यसलाई अस्वीकार गरेको जानकारी दिएको थिउ । उनले प्यालेस्टिनी क्षेत्रबाट सेना नहटाउने प्रतिज्ञा गरे ।

यो अडान म्लादेनोभले उनलाई आश्वासन दिएपछि आएको हो । हमासको पूर्ण निरस्त्रीकरण नभएसम्म इजरायलले फिर्ता हुनुपर्दैन। यसले शान्ति समितिको पहिलेको चरणबद्ध फिर्ताको आह्वानलाई अस्वीकार गरेको थियो ।

एक अन्तर्वार्तामा नेतन्याहुको क्याबिनेटका अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले गाजामा सामूहिक आक्रमण जारी राख्न आह्वान गरेका छन् ।

बेन गभिरले एक पूर्व गाजा बन्धकसँगको पोडकास्टमा भने , “मलाई लाग्छ गाजामा हरेक रात लक्षित आक्रमण गर्नुपर्छ । दिनमा ३० देखि ४० हमास लडाकूको मृत्यु हुने गरी आक्रमण भएमा मात्र उनीहरू गम्भीर बन्नेछन् ।”

“अहिले तपाईंलाई खतरा पु¥याउनेहरू मात्र होइन। यी मानिसहरू बाँच्नै हुँदैन”, उनले भने “उनीहरूलाई मानव भनेर बोलाएर म उनीहरूलाई सम्मान दिइरहेको छु।”

आइतबार साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्ससहित आठ मुस्लिम–बहुल देशहरूले संयुक्त वक्तव्यमा इजरायलको गाजा योजना अस्वीकारको निन्दा गरेका थिए । नेतन्याहुले इजरायलसँगको सम्बन्धलाई मुख्य उपलब्धि मान्ने यी देशहरूको आलोचना गरेका थिए ।

ट्रम्पले शान्ति योजना प्रवद्र्धन गरेपछिको शान्त अवधिसँगै इजरायलले गाजामा हवाई आक्रमण पुनः सुरु गरेको छ । अक्टोबरको युद्धविरामपछि पनि गाजामा हिंसा पूर्ण रूपमा रोकिएको छैन ।

युद्धविराम अक्टोबर १० मा लागू भएदेखि इजरायली सञ्चालनमा कम्तीमा एक हजार २६५ प्यालेस्टिनी मारिएका छन् । यो तथ्याङ्क हमासको नियन्त्रण रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयको हो।

संयुक्त राष्ट्रसङ्घले यसका तथ्याङ्कलाई विश्वसनीय मानेको छ।

इजरायली सेनाले सोही अवधिमा गाजामा कारबाहीका क्रममा आफ्ना पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।

 

प्रकाशित समय : २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु