काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

केयुका संस्थापक उपकुलपति शर्मालाई अभिनन्दन

676
shares

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्मालाई अभिनन्दन गरिएको छ ।

निस्ट फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उनलाई अभिनन्दन गरे । शर्माले झण्डै दुई दशक उपकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक उन्नयनको नेतृत्व गरेको थिए ।

नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत पूर्वउपकुलपति शर्मालाई अभिनन्दन गरिएको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले सरल जीवन र उच्च विचारका धनी डा शर्मा नेपालको प्राज्ञिक क्षेत्रको निष्ठावान् अनुकरणीय व्यक्तित्व भएको बताए ।

“विनयशीलता उनको विशेष गुण रह्यो, उनि विद्धान र उदाहरणीय शिक्षासेवी हुन । विशेषतः विश्वस्तरीय काठमाडौँ विश्वविद्यालय स्थापना र प्रवर्द्धन गरी गुणस्तरीय उच्च शिक्षाको विकासमा विशिष्ट योगदान दिए, यो नै उनको शैक्षिक जीवनको महत्वपूर्ण पहिचान बन्न पुग्यो”, रेग्मीले भन्े ।