गृहपृष्ठ पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
ललितपुरः ३० साउनः
नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्चका उम्मेदवारहरु
उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्चका उम्मेदवारहरू । तस्बिर: घनश्याम श्रेष्ठ/रासस
काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।
बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।
उक्त निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ ।
बृहत प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्ररेलले नेतृत्व गर्ेका छन् ।
प्रकाशित समय : १९:४० बजे


















