गृहपृष्ठ भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका-३, छोनहुपस्थित पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेकी हुन् ।
उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको थियो । भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरुप भारत सरकारको अनुदान सहयोगमा २ करोड ६३ लाख रुपैयााको लागतमा भवन निर्माण भएको हो ।
परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति मुस्ताङले गरेको हो । दूतावासका अनुसार सो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।
प्रकाशित समय : २०:५८ बजे



















