गृहपृष्ठ सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइने : मन्त्री पोखरेल
सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइने : मन्त्री पोखरेल
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले सरकारका कामकारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार अघि बढ्ने बताए। जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राख्दै सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो।
विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर सुधार र समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताए।
छलफलमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुदृढ गर्दै सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनीहरूले विद्यालय तथा उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक र जनमुखी बनाउन दीर्घकालीन सुधार तथा शिक्षा नीतिमा आवश्यक परिवर्तन गर्न सुझावसमेत दिएका थिए।
प्रकाशित समय : १८:३७ बजे


















