गृहपृष्ठ यामाहा प्रस्तुत रोडिजको प्रि–अडिसन अगस्ट १५ देखि, सात सहरमा हुँदै
यामाहा प्रस्तुत रोडिजको प्रि–अडिसन अगस्ट १५ देखि, सात सहरमा हुँदै
काठमाडौं । यामाहा रेसिङले हिमालय रोडिज सिजन–८ का लागि प्रि–अडिसन घोषणा गरेको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिममा आयोजना हुने रोडिजको प्रि–अडिसन अगस्ट १५ देखि सुरु हुनेछ।
प्रि–अडिसन नेपालका विभिन्न सहरस्थित यामाहा शोरुममा आयोजना हुनेछ। सहभागीले प्रि–अडिसनमार्फत ‘ब्लु टिकट’ प्राप्त गरेमा रोडिजको पीआई राउन्डमा सिधै प्रवेश पाउनेछन्।
प्रि–अडिसन धरानबाट सुरु भई बिर्तामोड, हेटौंडा, बुटवल, बर्दिबास, धनगढी हुँदै काठमाडौंमा सम्पन्न हुनेछ।
यामाहा रेसिङले युवाको ऊर्जा, साहस र चुनौती सामना गर्ने भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले रोडिजसँग निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। सहभागी हुन इच्छुकलाई तोकिएको मितिमा सम्बन्धित यामाहा शोरुममा उपस्थित हुन आग्रह गरिएको छ।
प्रकाशित समय : १८:३५ बजे


















