गृहपृष्ठ काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएको छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेको हून् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे । शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेको हुन।
गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेएको थिए ।
बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ विभागका प्राध्यापक हुन । उनि काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनिविश्वविद्यालयको इञ्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए ।
उनले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्यूजील्याण्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, ‘थर्मोफ्लुइड इञ्जिनियरिङ’ र ‘कम्प्युटेसनल फ्लुइड डाइनामिक्स’मा रहेका छन् । उहाँ उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका थिए ।
प्रकाशित समय : १६:४९ बजे


















