सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट
वि.सं.२०७९ जेठ ७ शनिवार ०१:२६
shares

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सो सम्झाैतामा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सो मात्राको छुट पाउने भएका हुन् ।
बैंकले हाल ११२ वटा शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

























