रोयल इनफिल्डकाे झण्डा सगरमाथा शिखरमा
वि.सं.२०७९ जेठ ५ बिहीवार ०२:११
shares

नेपालका रोयल इनफिल्डका एक मात्र भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले गत आइतबार बिहान सगरमाथाकाे शिखर चुमेका हुन् ।
उनले आरोहण गत अप्रिल ११ मा सुरु गरेका थिए l विभिन्न मुलुकका १० जना आरोही उनकाे टाेलीमा समावेश थिए । उनकाे सगरमाथा आरोहण '८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage)' अभियानप्रति समर्पित थियाे । अभियान सफल बनाउनका लागि आरोही श्रेष्ठलाई अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए । उनले साे झण्डा सगरमाथाकाे शिखरमा फहराएका छन् ।
विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर विक्री अनुमति पाएको छ । कम्पनीले आफ्नो विक्री सर्भिस एवं सन्जाल विस्तार कार्यलाई विस्तार गरिरहेकाे छ ।

























