काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘चुनावी परिणाम उत्साहजनक आएन, गठबन्धनबारे छलफल गर्छाैं’

7.94K
shares

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय निर्वाचनको परिणाम उत्साहजनक नआएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले त्यस्ताे टिप्पणी गरेका हुन् ।

गठबन्धन बनाउनुको उद्देश्य भने पुष्टि हुँदै गएको उनकाे भनाइ छ । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अब छलफल गरेर अगाडि बढ्ने उनले बताए । उनले आगामी बजेट जनमुखी हुनुपर्ने बताए । कृषि, औद्योगीकरण, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई आगामी बजेटमा केन्द्रविन्दुमा राखिनुपर्ने उनकाे भनाइ थियाे ।