काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रि-बजेटमाथिको छलफल जेठ ५ गते

7.51K
shares

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उनले सो प्रस्ताव पेस गर्दै विनियोजन विधेयक, २०७९ मा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सन्तुलित र समावेशी आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र निर्माण, विनियोजन कुशलता र मितव्ययितालगायत सिद्धान्त र प्राथमिता रहेको उल्लेख गरे ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावमाथि छलफल गर्न जेठ ५ गतेको समय निर्धारण गरेका हुन् । राष्ट्रियसभाको अर्काै बैठक यही जेठ ५ गते दिउँसो १ बजे बस्ने छ ।