काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनसेलको चुनावलक्षित रिचार्जमा बोनस अफर

9.36K
shares

एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २०० एमबी डेटा पाउने एनसलेले जनाएको छ । त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ५०० एमबी डेटा पाउने जनाइएको छ ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल-नेट भ्वाइस प्याकले सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५जीबी डेटा भोल्युम र १०० मिनेट अलनेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १६८ रुपैयाँ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरी भ्वाइस प्याक लिन सक्ने जनाइएको छ ।