गृहपृष्ठ नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता, जनावर तथा पन्छीहरुको आहारा प्रायोजन गर्ने
नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता, जनावर तथा पन्छीहरुको आहारा प्रायोजन गर्ने
नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेलको सदर चिडियाखानामा रहेका जनावर तथा पन्छीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ ।
टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । प्रमुख व्यवसायिक अधिकृत पहाडीले टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् ।
आइतबार भएकाे सम्झौताअनुसार टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने जनाएको छ ।
प्रकाशित समय : ००:०४ बजे