गृहपृष्ठ सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ अन्तर्राष्ट्रिय अवार्ड
सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ अन्तर्राष्ट्रिय अवार्ड
सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जितेको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायत विधामा अवार्ड पाएको हो । जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ)मा कम्पनीले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो ।
त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ मुलुकका ११ हजार सवमिसन मध्येवाट ती अवार्ड पाएको हो । उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको ब्यापक मूल्यांकन थिए ।
त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध छौं जसले ग्राहकहरुको विभिन्न मागहरू पूरा गर्छ ।’
प्रकाशित समय : १६:०० बजे



















