global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङ ग्यालेक्सी ए २३ को मूल्य घट्यो

सामसङ ग्यालेक्सी ए २३ को मूल्य घट्यो

सामसङ ग्यालेक्सी ए २३ को मूल्य घट्यो

सामसङ ग्यालेक्सी ए २३ को मूल्य घटाइएको छ । बजारमा सहज रुपमा उपलब्ध हुन थालेसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँ घटाइएको छ । ग्यालेक्सी ए २३ फोन ६ जीबीर१२८ जीबीको लागि अब २९ हजार ९९९ रुपैयाँ मूल्य कायम गरिएको छ । त्यस्तै ४ जीबी र ६४ जीबीको लागि नयाँ मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्‍याममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टीबी सम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यो फोनमा एण्ड्रोइड १२ र वान् युआई ४.१ छ । ६.६ इन्चको एफएचडी प्लस स्कृन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । ४ ओटा क्यामरा लगाइएको छ । ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सुटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामेरा यसमा छ ।

यस मोबाइलको मुख्य क्यामरामा ओआईएस जडित छ । ओआईएस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङ्गको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रष्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ । यसले गर्दा फोटो खिच्दा कम्पन भएपनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ । ५ हजार एमएएचको ब्याट्री छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुन सक्ने क्षमता छ र यसको बक्समा १५ वाटको एडप्टर छ ।

प्रकाशित समय : १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु