गृहपृष्ठ जीवीमा फोनपेको ‘चेकआउट’ सेवा, भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

जीवीमा फोनपेको ‘चेकआउट’ सेवा, भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

जीवीमा फोनपेको ‘चेकआउट’ सेवा, भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । फोनपेले अनलाइन सपिङ प्लेटफर्म जीवीसँगको सहकार्यमा ‘चेकआउट बाई फोनपे’ सेवा विस्तार गरेको छ । अब जीवीबाट सामान खरिद गर्ने ग्राहकले भुक्तानीका क्रममा फोनपेको ‘चेकआउट’ विकल्प छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

सेवा विस्तारसँगै फोनपे र जीवीले ग्राहकलाई लक्षित गर्दै २० प्रतिशतसम्म क्यासब्याक योजना ल्याएका छन् । अगस्ट १८ देखि ३१ सम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार जीवीसँगको सहकार्यले अनलाइन खरिद र भुक्तानी प्रक्रियालाई थप सरल तथा सहज बनाउनेछ । उनका अनुसार नेपालको बढ्दो विद्युतीय व्यापारसँगै डिजिटल भुक्तानीलाई सहज बनाउने प्रयासअन्तर्गत सेवा विस्तार गरिएको हो ।

फोनपेले पछिल्लो समय थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चलाई आफ्नो भुक्तानी प्रणालीमा जोड्दै आएको जनाएको छ । कम्पनीका अनुसार ‘चेकआउट बाई फोनपे’ मार्फत अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित समय : ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु