गृहपृष्ठ हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवावासभाको सिलिचोङ गाउँपालिका-३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ-३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिए ।
प्रकाशित समय : १४:१९ बजे