गृहपृष्ठ नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुने
नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनी स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
कम्पनीका अनुसार आगामी असोज ३ गते काठमाडौंको सामाखुसीस्थित फुटसलमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको सहभागिता रहनेछ।
‘प्रोटेक्टिङ एभरी रिस्क, सेलिब्रेटिङ एभरी गोल’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति जागरूकता बढाउनु रहेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाल इन्स्योरेन्सले यसअघि आयोजना गरेको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता जनाएको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीको उल्लेख्य सहभागिता रहने अपेक्षा कम्पनीले गरेको छ।
प्रकाशित समय : १०:०७ बजे


















