गृहपृष्ठ सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्तालाई सम्मान गरेको छ।
कम्पनीले भदौ ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजना गरेको सम्मान तथा अवार्ड कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्य तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारीप्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। यस्तै, एमडीआरटी हासिल गर्न सफल अभिकर्तालाई समेत विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्तालाई प्रोत्साहित गर्दै कम्पनीले अभिकर्तामुखी कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान र व्यावसायिक छवि निर्माण गर्न सफल हुनुमा अभिकर्ता तथा एजेन्सी सञ्जालको योगदान महत्वपूर्ण रहेको बताए। उनले अभिकर्तालाई थप सक्षम, सशक्त र व्यावसायिक बनाउँदै कम्पनीको व्यवसाय विस्तारलाई निरन्तरता दिने बताए।
बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, एमडीआरटी अचिभर्स, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा कर्मचारीको सहभागिता रहेको थियो। सम्मान कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीले बताएका छन्।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको जनाएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, ग्राहक सेवा तथा दिगो व्यावसायिक विकासलाई प्राथमिकतामा राखेको बताएको छ।
प्रकाशित समय : १०:११ बजे


















