गृहपृष्ठ पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो ।

आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको छ । लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ऐतिहासिक ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टर फाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्प्रधा हुने छ ।

तालिका अनुसार भदौ १४ गते हुने तेस्रो खेलमा सात दोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबिच खेल हुने भएको छ । यस्तै क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ ।

समितिले क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि नगद २०० रुपियाँ, सेमिफाइनल चरणका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको छ ।

यस वर्षको प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार त्रियासी रुपियाँ र उपविजेताले नगद तीन लाख बाहुन्न हजार त्रियासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु