गृहपृष्ठ जाजरकोटमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावित

जाजरकोटमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावित

जाजरकोटमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावित

जाजरकोट । जाजरकोट अस्पतालमा चिकित्सको अभाव भएको भन्दै आज कार्यदलले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई जानकारी गराएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशाला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको बताइन् । छलफलमा प्रदेशसभा सदस्य बेदराज सिंह, कल्याणी खडका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनको समेत सहभागिता रहेको थियो ।

५० शय्याको जिल्ला अस्तपतालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । लामो समय देखि डाक्टर नहुँदा उपचारमा भारी समस्या भएको उनले जानकारी दिइन । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सकको अभावका कारण सेवा प्रवाहमा समस्या गहिरो भएको बताए ।

मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापन बारे आफू गम्भीर रहेको बताए । कर्णालीमा सुर्खेत र जाजरकोटमा मात्र ५० शय्याको अस्पताल रहेको छ ।

जिल्ला अस्पताल जाजरकोटमा आवश्यक संख्यामा चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको हो ।

विशेष गरी पछिल्लो समय बाढी पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढे पनि जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अस्पतालमा चिकित्सकको अभाव हुँदा आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र बिरामीको उपचारमा समेत असर परेको छ । सामान्य उपचारका लागि समेत बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।

जाजरकोटका दुर्गम बस्तीबाट उपचारका लागि जिल्ला अस्पताल आउने नागरिकका लागि चिकित्सक अभाव थप समस्या बनेको छ । जिल्लामा बाढी पहिरोको जोखिम बढिरहेका बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ ।

स्वास्थ्यकर्मीहरूले विपद्का बेला अस्पतालमा बिरामीको चाप अझ बढ्न सक्ने भएकाले तत्काल आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्ने बताए । उनीहरूका अनुसार जनशक्ति थप गर्न नसकिएमा विपद् प्रभावित नागरिकलाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्था छ ।

स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेका छन् । विपद्का बेला उपचार सेवामा थप दबाब पर्ने भएकाले तत्काल अस्थायी रूपमा भए पनि चिकित्सक थप गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु