गृहपृष्ठ भारतीय बजारमा सफलता पाएको सिएरा डट इभी नेपालमा सार्वजनिक हुँदै

भारतीय बजारमा सफलता पाएको सिएरा डट इभी नेपालमा सार्वजनिक हुँदै

भारतीय बजारमा सफलता पाएको सिएरा डट इभी नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । भारतीय विद्युतीय सवारी बजारमा चर्चा कमाएको सिएरा डट इभी नेपालमा सार्वजनिक हुने भएको छ। यो विद्युतीय एसयूभी आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिने भएको हो।

आधुनिक प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीका नयाँ विशेषतासहित सिएरा डट इभी नेपाली बजारमा भित्रिन लागेको हो। भारतीय बजारमा बिक्री तथा बुकिङमा उत्साहजनक प्रतिक्रिया पाएको यो मोडलले नेपालमा समेत विद्युतीय सवारीको बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

सिएरा डट इभीमा आधुनिक प्रविधि, प्रिमियम आन्तरिक सजावट र आरामदायी यात्रालाई प्राथमिकता दिइएको छ। आकर्षक बाहिरी बनोट, बलियो निर्माण तथा विद्युतीय सवारीको सहज ड्राइभिङ अनुभवलाई केन्द्रमा राखेर यसको विकास गरिएको कम्पनीले जनाएको छ।

नेपाली सडकको अवस्था र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर सिएरा डट इभी बजारमा ल्याउन लागिएको जनाइएको छ। आकर्षक सडक उपस्थिति, राम्रो ब्याट्री क्षमता तथा आधुनिक सुरक्षा र सुविधाले यो मोडल नेपाली उपभोक्तामाझ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

नाडा अटो शोमा सिएरा डट इभीको सार्वजनिक प्रदर्शनसँगै नेपाली उपभोक्ताले यसको डिजाइन, प्रविधि र सुविधाबारे प्रत्यक्ष जानकारी लिन पाउनेछन्। अटो शोमार्फत यसको मूल्य, उपलब्धता र अन्य व्यावसायिक विवरणसमेत सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु