गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : युनाइटेडमाथि लिभरपुलको सहज जित
इंग्लिस प्रिमियर लिग : युनाइटेडमाथि लिभरपुलको सहज जित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले युनाइटेडमाथि ४-० को जित निकालेको हो ।
लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक/एक गोल गरे । खेलको ५औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफ २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ ।
पराजित युनाइटेडले चौथो स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत् रहेको छ ।
प्रकाशित समय : १४:०७ बजे


















