काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

12.18K
shares

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । सोमबार भएको सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँको दरले कुल ५ अर्ब रुपैयाँ ९५० लाख कित्ता०मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ ।