हिमालयन हाइड्रोपावरले पायो साढे २२ करोडको आईपीओ बिक्री गर्ने अनुमति
वि.सं.२०७९ वैशाख ५ सोमवार २२:३८
shares

हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । हाइड्रोपावरले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट बैशाख ४ गते आइतबार अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।
सेबोनको अनुमति यो कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि १ आईपीओ निष्कासन गर्नेछ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको ९७९.४५ प्रतिशत० ८६ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर रहेको छ । चुक्ता पूँजीको २०.५५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यो रेटिङ पाप्त संस्थाहरु औसत भन्दा कमजोर आधार जानाउँछ । हाइड्रोपावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विजुली उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ जसको प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ रहेको छ ।

























