काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढाकामा पर्यटन प्रवर्द्धन कार्यक्रम

819
shares

काठमाडौँ। ढाकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुधबार ‘नेपाल बोलाउँदैछः भ्रमण गरौँ, अन्वेषण गरौँ र अनुभव गरौँ’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल र बङ्गलादेशका पर्यटन क्षेत्रका व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो । छलफलमा संयुक्त पर्यटन प्याकेज, सामूहिक भ्रमण तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको उक्त दूतावासले जनाएको छ ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धको महत्वपूर्ण आधार भएको बताउँदै बङ्गलादेशी पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरे । उनले नेपालको भौगोलिक निकटता, सांस्कृतिक समानता तथा विविध पर्यटकीय गन्तव्यबारे जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेश सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नुरुन नहर चौधरीले पर्यटन सहकार्य र हवाई तथा अन्य सम्पर्क विस्तारले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए। उनले पर्यटन व्यवसायीलाई व्यावसायिक सञ्जाल विस्तार, साझेदारी र संयुक्त पर्यटन प्याकेज विकास गर्न आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपालको प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक, साहसिक तथा स्वास्थ्य पर्यटनका सम्भावनाबारे जानकारी गराए । उनले नेपाललाई वर्षभरि भ्रमण गर्न सकिने सुरक्षित र आतिथ्यपूर्ण गन्तव्यका रूपमा प्रस्तुत गरे ।

दूतावासका उपप्रमुख प्रतीक कार्की, बङ्गलादेशका टुर अपरेटर एसोसिएसनका अध्यक्ष मोहम्मद हनिफ र एसियन टुरिजम फेयरका अध्यक्ष मोहिउद्दिन हेलालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका प्रतिनिधि ढाकामा जारी तीनदिने १४औँ बङ्गलादेश ट्राभल एण्ड टुरिजम फेयरमा सहभागी भएका छन् ।