global ime bank Long Banner Ad

गृहपृष्ठ आइओसीले पठायाे नयाँ मूल्यसूची, घटेर आयो पेट्रोलको मूल्य

आइओसीले पठायाे नयाँ मूल्यसूची, घटेर आयो पेट्रोलको मूल्य

आइओसीले पठायाे नयाँ मूल्यसूची, घटेर आयो पेट्रोलको मूल्य

भारतबाट पेट्रोलको मूल्य घटेर आएको  छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हाे ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ । यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ ।

यसअघि १ अप्रिलमा आइओसीले नयाँ मूल्य सूची पठाएको थियो ।

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु