काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपांगता भएका व्यक्ति भन्छन् – मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

14.36K
shares

अपांगता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका-१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उनी निर्वाचनमा सहभागी हुन पाइनन् । 'मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ', उनले सुनाइन् ।

लुम्बिनी-३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपांगता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आएकी छन् । पूर्ण अपांगता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उनको दुःखेसो छ । 'चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्', उनले भनिन् ।

लुम्बिनी-१० का नेत्रबहादुर चुँदालीलाई यसपटकको चुनावमा पनि भोट हाल्न पाइँदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने-आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताउँछन् । 'मतदाता नामावलीमा नाम छ तर दुवै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन', उनी भन्छन् ।

वडा नं १० कै सुराती धोबी, बबिता थारू, मार्कान्डे थारू र फूलमाया थापा पनि अपांगता भएकै कारण मतदानस्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आएका छन् । मतदाता नामावलीमा नाम भएर पनि यसपटकको चुनावमा समेत भोट हाल्न नपाउने हो कि भन्ने चिन्ता उनीहरूलाई छ ।

अपांगता भएकै कारण निर्वाचनमा सहभागी हुन नसकेका अपांगता भएकाहरू धेरै छन् । मतदान दिएकाले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उनीहरूसँग छ । त्यसो त अझै पनि अधिकांश अपांगता भएकाहरूको मतदाता नामावली नै नभएको राष्ट्रिय अपांग  महासंघको भनाइ छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दल र कार्यकर्ता निकै उत्साहित छन् यो बेला । तर सजिलै मतदान गर्ने अवस्था नहुँदा अपांगता भएका व्यक्तिहरू भने निराश छन् । 'न त हाम्रा उम्मेदवार छन् न हामीलाई भोट हाल्ने ठाउँसम्म लैजाने ल्याउने व्यवस्था छ', अपांगता भएकी फूलमाया थापा पीडा पाेख्छिन ।