गृहपृष्ठ माओवादीबाट पूर्वमन्त्री मेयरमा सिफारिस

माओवादीबाट पूर्वमन्त्री मेयरमा सिफारिस

माओवादीबाट पूर्वमन्त्री मेयरमा सिफारिस

नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीमा मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटी बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको हो ।

कोइराला ०७४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी तनहुँ क्षेत्र नं २ (क)बाट सांसदमा निर्वाचित भएकी हुन् ।

अघिल्लो स्थानीय चुनावमा माओवादीको समर्थनमा कांग्रेसले जितेकाले अहिले त्यसको पैंचो तिनुपर्ने त्यहाँका माओवादी नेताले बताएका छन् ।

माओवादीले आफूले पाउने दाबी गरे पनि शुक्लागण्डकीको मेयरमा गठबन्धन दलका सबैको आआफ्नै दाबी छ । शनिबारमात्रै गठबन्धन घटक नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्य चित्रबहादुर थापालाई मेयर बनाउने निर्णय गरेको छ ।

कांग्रेसबाट ११ जना मेयर आकांक्षी छन् ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु