गृहपृष्ठ डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएको हो ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उनले आजै पदभारसमेत ग्रहण गरेको छ । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।
डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेको थियो । उनले विसं २०६९ मा उप(दिर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएको थियो । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १८:०४ बजे
















